बलम्बुमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय
प्रकाशित मिति : 22 August, 2024 11:12 am
काठमाडौँ । काठमाडौँको बलम्बुमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्फोजल टोलीले निष्क्रिय पारेकाे छ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बुस्थित वडा कार्यालय नजिकैको एक घरअगाडि सडक छेउमा कुकरमा तारले बाँधेको अवस्थामा आज बिहान शंकास्पद वस्तु फेला परेको थियो।
उक्त शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्फोजल टोलीले सुरक्षितसँग निस्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रेसर कुकर राखिएको फेला परेपछि प्रहरीलाई खबर भएको थियो।