८ मंसिर २०८१, शनिबार
राेपाइँ

स्याङ्जामा ९९ प्रतिशत धान रोपाइँ सम्पन्न, चापाकोट र गल्याङमा पहिरोले गर्दा ५० हेक्टरमा राेपाइँ बाकीँ

प्रकाशित मिति :  22 August, 2024 12:19 pm


काठमाडाैँ । स्याङ्जामा ९९ प्रतिशत धान रोपाइँ सम्पन्न भएकाे छ । पर्याप्त वर्षाका कारण यो वर्ष जिल्लामा ९९ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएकाे छ ।

समयमै वर्षा सुरू भएको र पर्याप्त वर्षा भएका कारण यो वर्ष ९९ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालले बताए । विगतका वर्ष भन्दा यो वर्ष धेरै प्रतिशत रोपाइँ भएको हो । गल्याङ र चापाकोटमा सिँचाई गर्ने नहरमा पहिरोले क्षति पुर्याउँदा रोपाई केही ढिलो भएको उनको भनाइ छ । उनका अनुसार गल्याङमा २० हेक्टर र चापाकोटमा ३० हेक्टर जतिमा रोपाइँ हुन सकेकाे छैन् ।

स्याङ्जामा १० प्रतिशतमा हाईब्रिड धानका जात लगाएपनि अधिकांश उन्नत जातका धान नै किसानहरूले लगाउने गरेका छन् । जिल्लामा १२ प्रतिशत क्षेत्रमा हल गोरुको प्रयोग गरिएपनि धेरै स्थानहरूमा हाते ट्याक्टर तथा ठुलो ट्याक्टरको प्रयोग हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएकाे छ । यहाँका कृषकहरूले सुनौलो सुगन्ध, रामधाम, सावित्रिलगायतका उन्नत धान लगाउने गरेका छन् ।

जिल्लामा १४ हजार हेक्टरमा वर्षे र २ हजार हेक्टर क्षेत्रफलमा हिउँदे गरी १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ



प्रतिक्रिया दिनुहोस !