सांसद पन्तकाे पश्नः देशभर डेंगु र हैजाको प्रकोप फैलियो, सरकारको योजना के छ ?
काठमाडाैँ । सांसद पन्त राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमला पन्तले देशभर डेंगु र हैजाको प्रकोप फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशभर डेंगुको प्रकोपले जनता हैरान रहेको बताएकी हुन् । उनले डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ छन् रु त्यसबारेमा सदनलाई जानकारी गराउन आग्रह गरिन् । उनले हैजा र डेंगु फैलिनुको कारण पत्ता लगाइ संसदमा जानकारी गराउन राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग रुलिङको माग गरिन् ।
उनले भनिन्, “देशभर डेंगुको प्रकोपले जनता हैरान छन् । डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ कता छ रु त्यो जान्न चाहन्छु । हामीसँग विवरण छैन । हामीलाई थाहा छ, डेंगुले नेपाली जनतालाई धेरै दुःख दिएको छ । हरेक जिल्लामा पुगेको छ । हैजा फैलिएको छ । हैजाको कहाँ कहाँ पुगेको छ, कारण के हो रु त्यो कारण पत्ता लगाइ सरकारको जवाफको निम्ति अध्यक्षज्युको रुलिङ होस् ।”
सांसद पन्तले लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति रुलिङ भएपनि सरकारले चासो नदेखाएको आरोप लगाइन् ।