मन्त्रालयमा बिना कारण कुनैपनि फाइलहरू रोकिने छैनन्ः मन्त्री दाहाल
काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा फाइलहरू बिना कारण नरोकिने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा समसामयिक विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले मन्त्रालयमा बिना कारण कुनैपनि फाइल नरोकिने स्पष्ट पारे । उनले अविरल वर्षाको कारण र कर्मचारीहरूको व्यवस्थापनका कारण श्रावण महिनामा काम गर्न नसकिएको बताए ।
उनले मन्त्रालय कर्मचारीहरूको व्यवस्थापन गर्न लागिरहेको भन्दै कर्मचारीको व्यवस्थापन पछि काममा कुनै समस्या नआउने बताए । उनले आश्विन महिनासम्ममा सबै ठेक्काहरू लगाइसक्ने लक्ष्य मन्त्रालयले राखेको बताए । उनले यस आर्थिक वर्षमा विनियोजित रकमहरू आयोजनाहरूको स्थिति हेरेर क्रमशः अगाडी बढाइने बताए ।
उनले ड्राइभिङ लाइसेन्सलाई राष्ट्रिय परिचयपत्र र नागरिक एपसँग जोड्ने तयारी भइरहेको जानकारी दिए ।