१३ मंसिर २०८१, बिहिबार
राष्ट्रिय सभा

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

प्रकाशित मिति :  22 August, 2024 4:52 pm


काठमाडाैँ । राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पाबिरएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सभाबाट सर्वसम्मतिले पासिरत भएको हो ।

सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सभामा विधेयक प्रस्तुत गरेका थिए ।मन्त्री चौरसियाको प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस !