१३ मंसिर २०८१, बिहिबार

संविधान संशोधन साझा सवाल हो, साझा ढङ्गले समाधान गरौँलाः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  22 August, 2024 4:56 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय साझा सवाल भएको भन्दै साझा ढंगले समाधान गरिने बताएका छन् ।बिहीवार प्रतिनिधि सभा बैठकमा सांसद नारायणी शर्मा को प्रश्नको जवाफ दिने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषय सबैको साझा विषय भएको बताएका हुन् ।

उनले यो विषय साझा सवाल भएकाले साझा ढंगले नै समाधान गरिने बताए । उनले संविधान कार्यान्वयनको ८ वर्षको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताए । उनले देश र जनताको हितको पक्षमा, विकास र समृद्धिको पक्षमा हुनेगरी संविधान संशोधन गरिने स्पष्ट पारे ।

“देशलाई आर्थिक, सुशासन, समृद्धि, समानताको पक्षमा अगाडी बढाउनु जे आवश्यक पर्छ, त्यो गर्ने हो । यसमा आँट र नआँट भन्ने प्रश्न रहदैन । यसमा हामी कसैले आँट गर्ने कसैले आँट गर्छ गर्दैन भनेर हेर्ने होइन । आँट गर्नुपरे सबैले गरौँला । आँट गर्न जरुरी नपरे सबैले नगरौँला । यसमा कसैले आँट देखाउने, कसैले हेर्ने किन गर्नुपरेको छ र रु यो साझा सवाल हो । साझा ढङ्गले समाधान गरौँला,” उनले भने ।

प्रधानमन्त्री ओलीले आवश्यकताको आधारमा संविधान संशोधनको आँट सबैले गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !