८ पुस २०८१, सोमबार

शिर्ष नेताहरूका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको छः वामदेव गौतम

प्रकाशित मिति :  22 August, 2024 6:14 pm


काठमाडाैँ । राष्ट्रिय सभा सदस्य वामदव गौतमले शिर्ष नेताहरुका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पाबिरएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाललाई विकसित बनाउने हो भने फोहोरी राजनीति बन्द गर्नुपर्ने बताए।

उनले जहाँ पनि कम्युनिष्ट—काँग्रेस मिल्न आवश्यक नरहेको बताए । उनले राजनीतिक दलहरुले जनताको अधिकार अपहरण गरेको बताए ।सांसद गौतमले शासन आफ्नो हातमा लिन जे पनि गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !