२७ भाद्र २०८१, बिहिबार
समाचार प्रभाव

लुम्बिनी प्रदेशका पूर्वविशिष्ट पदाधिकारीलाई दिइएको सेवासुविधा फिर्ता लिने निर्णय

प्रदेशका तत्कालीन मुख्यमन्त्री केसीको निर्णय उल्टियो
प्रकाशित मिति :  22 August, 2024 7:08 pm


काठमाडौँ । लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री कुलप्रसाद केसीले गरेको निर्णयलाई वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले उल्टाएका छन् ।

प्रदेशका तत्कालिन मुख्यमन्त्री केसीले कार्यकालको पूर्वसन्ध्यामा मिति २०७९ भदौ ३१ गतेको मन्त्रीपरिषद् बैठकबाट पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णयलाई आज (विहिबार) बसेको मन्त्रीपरिषद् बैठकले समयअवधि दिएर उक्त सेवा सुविधाहरू फिर्ता लिने निर्णय गरेको मुख्यमन्त्री आचार्यले बताए ।

विशिष्ट पदाधिकारीले प्राप्त गर्ने सुविधाहरूमा प्रदेश सरकारले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा उपलब्ध गराउँदै आएको थियो । त्यस्तै निवर्तमान मुख्यमन्त्री र सभामुखलाई मात्र विशेष सुविधा प्रदान गर्ने निर्णय गरे तापनि प्रदेश सरकारका पूर्व मुख्यमन्त्री केसी, लिला गिरीले समेत उक्त सुविधा लिँदै आएका थिए ।

सो विषयमा लुम्बिनी सञ्चारडटकमले गत मंगलवार लुम्बिनीका पूर्व मुख्यमन्त्री र सभामुखले नियम विपरीत सरकारी सुविधा लिँदै शीर्षकको समाचार प्रकाशन गरेको थियो । त्यसपछि मंगलवार अपरान्ह लु १ झ ७५३ नम्बरको स्कर्पियो फिर्ता लिन गिरीले प्रदेशसभा सचिवालयलाई अनुरोध गरेका थिए।

गिरीले अनुरोध गरे लगत्तै प्रदेशसभा सचिवालयले उनीबाट सवारी फिर्ता लिएको थियो । यस्तै प्रदेश सरकारले मन्त्रीहरुलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको छ ।बैठकले कर्मचारीको संगठन तथा व्यवस्थापन सर्वेक्षण पनि पारित गरेको छ । १२ जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयलाई पर्यटन कार्यालयको समेत जिम्मेवारी दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

याे पनि…..



प्रतिक्रिया दिनुहोस !