३१ भाद्र २०८१, सोमबार
मन्त्रिपरिषद बैठक

टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय

प्रकाशित मिति :  22 August, 2024 7:23 pm


काठमाडौँ । सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न निर्णय गरेको हो ।

टिकटक खुलाउने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लगेका थिए। बुधबार मन्त्रीस्तरिय निर्णय गरेर गुरुङले आजको बैठकमा प्रस्ताव लगेका थिए ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !