१३ मंसिर २०८१, बिहिबार

संसदीय छानबिन विशेष समिति आज रबि लामिछानेसँग बयान लिँदै

प्रकाशित मिति :  23 August, 2024 6:41 am


काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज (शुक्रबार) दिउँसो २ बजे बयान लिने भएको छ ।

सहकारीको रकम दुरुपयोग र अपचलनका विषयमा बुझ्न लामिछानेलाई बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । बाहिर त्यसबारे धेरै हल्ला र आरोप लगाइएकाले सत्यतथ्य बुझ्न लामिछानेलाई बोलाइएको उनकाे भनाइ छ।

रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा सहकारी र कास्कीको सूर्यदर्शन सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ऋण प्रवाह भएको विषय बाहिरिएको छ । लामिछाने गोरखा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक हुन् ।



प्रतिक्रिया दिनुहोस !