१२ मंसिर २०८१, बुधबार

सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलित

प्रकाशित मिति :  23 August, 2024 3:08 pm


काठमाडौं । सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवनबीमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलिन भएका छन् ।
शुक्रवार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले जीवनबीमाको माग गर्दै आन्दोलन गरेको हो ।

उनीहरुले सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलनलाई अझै बढाउँदै जाने बताए । संघर्ष समितिका उपाध्यक्ष जितेन्द्रकुमार मिश्राले सवारी साधनको इन्स्योरेन्स भएझै सरकारी सवारी साधन चलाउने ड्राइभरको पनि हुनुपर्ने आफूहरुको माग रहेको बताउनु बताए ।

आफूहरुलाई महंगी भत्ता, सामाजिक सुरक्षा कोषमा आवद्ध गरिदिनुपर्ने पनि माग अघि सारेका छन् । संघर्ष समितिका अध्यक्ष श्याम सापकोटालाई नियमित काममा फर्काउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको बताए । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले भारी सवारी चालक सापकोटालाई मानसिक तनाव दिई जागिरबाट निस्किने अनुचित वातावरण बनाइएको भन्दै सिंहदरबारमै अनसन बसेको बताउनु भयो ।

उनले भने, ‘गाडीको इन्स्योरेन्स भएजस्तै ड्राइभरको पनि इन्स्योरेन्स गरिदिनुस्, महंगी भत्ता, सामाजिक सुरक्षा कोषमा आवद्ध गरिदिनुस् भन्दा यहाँका हाकिमले काम गर्ने इच्छा भए गर्नुस् र नगर्ने भए जानुस् भनेपछि साँचो छोडेर जानुभयो । उहाँकै बारेमा प्रधानमन्त्री कार्यालयमा यस्तो अभद्र व्यवहार हुन्छ भने हामी चुप लागेर बस्दैनौँ ।’

उनीहरुले सरकारको विभिन्न निकायहरुमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको समस्याहरु समाधान गर्दै न्यायोचित व्यवस्थापन गर्न माग गरेको बताए । लामो समयदेखि कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुलाई मानसिक तनाव बढाउने र रोजगारीबाट हटाई आफ्नो नजिकका व्यक्तिहरुलाई राख्ने उद्देश्यले हटाइएको उनीहरुको आरोप छ । —



प्रतिक्रिया दिनुहोस !