१२ मंसिर २०८१, बुधबार

मुस्ताङको थसाङमा हिमपहिरोले बोक्से खोला थुनियो

प्रकाशित मिति :  23 August, 2024 4:27 pm


काठमाडौँ । मुस्ताङको थसाङ गाउँपालिकाको बोक्सीखोलामा हिमपहिरो गएको छ । थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेर खोला थुनिएको हो ।

पहिरोले बोक्सी खोला थुनिएकोले खोला आसपासका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले आग्रह गरेको छ ।

खोलाको तटीय क्षेत्रमा ९ घरहरू रहेको उनीहरूलाई सुरक्षित स्थानमा सारेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खोला थुनिएपछि तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !