१२ मंसिर २०८१, बुधबार

राजनीतिमा पढेलेखेका र नैतिकवान व्यक्ति आएमात्रै देश बन्छः पूर्वप्रधानमन्त्री भट्टराई

प्रकाशित मिति :  23 August, 2024 4:57 pm


काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिमा शिक्षित व्यक्तिहरू निर्वाचित हुनसके मात्रै देश समृद्ध बन्नसक्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले बताएका हुन्। उनले राजनीतिमा पढेलेखेका, नैतिकवान र सादगी मानिसहरू आउनसके मात्रै देश बन्नसक्ने बताए । उनले चुनाव जित्ने, सरकारमा जाने र मन्त्री बन्नेकुरा राणाकालदेखि नै हुँदै आएको बताए ।

उनले आधारभुत संरचनागत रुपान्तरण गर्नका लागि र जुन देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको मुक्तिसहित देशलाई समृद्ध बनाउन सक्षम व्यक्तिको आवश्यकता रहेको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री भट्टराईले पछाडि फर्किने गरी संविधान संशोधन गर्न खोजेको भए प्रतिवादमा उत्रिने तर पहिचानका आधारहरूमा टेकेर संविधान संशोधन भए स्वागतयोग्य हुने बताए।



प्रतिक्रिया दिनुहोस !