२७ भाद्र २०८१, बिहिबार
रोपाइँ

यो वर्षको धान रोपाइँ सकियो,४ प्रतिशत बढी भू-भागमा रोपाइँ

प्रकाशित मिति :  23 August, 2024 5:40 pm


काठमाडौँ । देशभर खेतीयोग्य जमिनमध्ये ९८.५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार देशभर कुल १३ लाख ९८ हजार ९८५ हेक्टर धान उत्पादन हुने खेत रहेकोमा भदौ ७ गतेसम्म १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

गत वर्ष यस अवधिसम्म ९४ं.६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । मधेस प्रदेशमा सबैभन्दा कम ९७।३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो प्रदेशमा सबैभन्दा बढी ३ लाख ८७ हजार १५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको मन्त्रालयको तथ्यांक छ ।

सोमध्ये हालसम्म ३ लाख ७५ हजार ६१४.५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । सुदुरपश्चिममा १००, कर्णालीमा ९९.२ प्रतिशत सम्पन्न भएको छ । त्यस्तै कोशी प्रदेशमा ९९.६ वाग्मतीमा ९९.२, गण्डकीमा ९७.८ र लुम्बिनी प्रदेशमा ९८.३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सातै प्रदेशको यस वर्षको धान रोपाईँको अन्तिम तथ्यांक रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !