२७ भाद्र २०८१, बिहिबार
दुर्घटना

आबुँखैरेनी दुर्घटना अपडेटः २७ जनाको मृत्यु

१६ जना घाइते
प्रकाशित मिति :  23 August, 2024 6:51 pm


काठमाडाैँ । मर्स्याङ्दीमा बस खसेर भएको दुर्घटनामा परेका २७ जनालाई चिकित्सकले मृत घोषणा गरेका छन्।

पोखराबाट काठमाडौँका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनपहरास्थित मर्स्याङ्दीमा खसेको थियो ।

घटनामा १६ जना घाइते भएका छन्। घाइते सबैलाई सुरूमा आँबुखैरेनी अस्पतालमा पठाएको थियो। दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो।

पछि थप चार जनालाई पनि हेलिकप्टरमै राखेर शिक्षण अस्पतालमा ल्याइएको हो।



प्रतिक्रिया दिनुहोस !