११ कार्तिक २०८१, आइतबार

विष्णु माझीको गीत ‘आइनँ आमा यो तिजमा’ सार्वजनिक

प्रकाशित मिति :  24 August, 2024 11:24 am


काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ। आज (शनिबार) युट्युबमा सार्वजनिक ‘आइनँ आमा याे तिजमा बोलको गीतमा माझीको एकल स्वर छ।

‘पुतलीको भट्टी-भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतको भिडियोलाई सुन्दरमणिले नै निर्देशन गरेका हुन् ।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्।’पुतलीको भट्टी(भाग २०’ पनि विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ।



प्रतिक्रिया दिनुहोस !