इन्जिनियरहरु विकास, निर्माणको काममा जिम्मेवार हुनुपर्छः उपप्रधानमन्त्री सिंह
काठमाडौँ। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकास, निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इन्जिनियरहरुलाई आग्रह गरेका छन् ।
शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विकास, निर्माणको कामले प्राथमिकता पाएको उल्लेखगर्दै त्यसका लागि इन्जिनियरहरुको भुमिका महत्वपूर्ण हुने बताएका हुन्।
उपप्रधानमन्त्री सिंहले राजनीतिक अभियन्ताहरुले जनताको अधिकार पाप्तिको लडाइँबाट सफलता हात पारेको स्मरण गराउँदै अब मुलुकको विकास, निर्माणको काममा तिब्रता दिन इन्जिनियरहरुको भुमिका अत्यन्तै महत्वपूर्ण हुने सुझाएका हुन्।
उनले काँग्रेस निकट इन्जिनियरहरुलाई नेपाल इन्जिनियर्स एशोसिशएनको निर्वाचनमा विजयी हुनेगरी तयार गर्नपनि सचेत गराए।
उपप्रधानमन्त्री सिंहले भने, “‘कन्ट्रीका लागि इन्जिनियर्सहरुको पहिला अधिकार गुमेको बेलामा पोलिटिकल लिडरहरु र अब अहिले अधिकार प्राप्त भईसक्यो । अब राम्रोसँग विकास, निर्माण गरेर जनतालाई राहत दिन सकेनौ भने त राम्रो भएन । त्यसमा विकास, निर्माणको क्रममा इन्यिनियर्सहरुको त्यसमा अत्यन्तै महत्वपूर्ण भुमिका रहेको छ । र रहनेवाला छ । त्यसका लागि रेसपोन्सिवल ढंगले तपाईहरु अगाडि बढ्नुपर्छ ।”
उपप्रधानमन्त्री सिंहले सरकारले जनतालाई राहत दिनका लागि विकास, निर्माणको कामलाई तिब्रता दिइरहेको बताए।
—न्युज एजेन्सी नेपाल