७ मंसिर २०८१, शुक्रबार

उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँः सभापति खान

प्रकाशित मिति :  25 August, 2024 10:57 am


काठमाडाैँ ।जनमत पार्टीका सांसद एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले उपभोक्ताहरूको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् ।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय राजनीतिको व्यवस्थापन गर्नसके उपभोक्ताहरू नठगिने बताएका हुन् । उनले कानूनमा भएका कमी कमजोरी सच्याएर अघि बढ्नसके उपभोक्ताहरू नठगिने बताए ।उनले उपभोक्ताको अधिकार र आपूर्ति सहज बनाउन दलीय राजनीतिकरण बन्द गर्नुपर्ने बताए ।

उनले सरकारमा दुई वटा ठूला पार्टी रहेकाले क्षमा याचना गर्ने मौका जनताले नदिने पनि बताए । उनले उद्योगहरुको अनुगमन गर्न जाँदा नेताहरुको फोन आउने र कारबाही गर्न नपाइने गरेको बताए ।

उनले १५ खर्ब ५२ अर्बको आयात भइरहेको र निर्यात जम्मा १ खर्ब ५२ अर्बको निर्यात गरिरहेको बताए। १४ खर्ब ४२ अर्बको रेमिट्यान्स भित्र्याएर देशलाई धानिरहेको जिकिर गरे । उनले आयात गर्नुपर्ने वस्तुमा कर्मचारीतन्त्र बढी उत्साहित हुने तर भएका उत्पादनलाई सही सदुपयोग गर्नेतर्फ जान नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !