१२ मंसिर २०८१, बुधबार

नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्नुपर्छः अध्यक्ष अग्रवाल

प्रकाशित मिति :  25 August, 2024 12:58 pm


काठमाडाैँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइतवार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले नेपालमा हाल करिव एक हजार १५० वटा वटा वस्तु तथा सेवाहरूमा नेपाल गुणस्तर निर्धारण गरिए पनि सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरू आयात हुने गरेको बताएका हुन् । उनले अधिकांश आयातित वस्तुहरू कस्तो गुणस्तरका छन् भन्ने नै यकिन नरहेको बताए ।

उनले यसले उपभोक्ता अधिकार हनन हुनुका साथै स्वदेशमा उत्पादन हुने वस्तुहरूको बजारलाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गरे । उनले स्वदेशी उद्योगहरूको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरु गुणस्तरीय हुन आवश्यक भएको बताए । उनले भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुनेगरी समझदारीका लागि पहल गर्न अनुरोध गरे ।

अध्यक्ष अग्रवालले आयातित वस्तुमा लेभलिङ लगाइएको तर भन्सार पास भएपछि मात्रै लगाइने गरेको भन्दै आयातित वस्तुमा भन्सार बिन्दुमै लेभलिङ गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !