१२ मंसिर २०८१, बुधबार

उपेन्द्रको घोषणाः जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्छौं

प्रकाशित मिति :  25 August, 2024 5:47 pm


काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गरेका छन् । आइतवार काठमाडौँमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उनले जनतालाई सचेत र संगठित गर्न आफूहरूले चार महिने अभियान चलाएको बताएका हुन् ।

अध्यक्ष यादवले यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दाहरूलाई लिएर र जनताका सवाललाई लिएर हामी सडक संघर्षमा उत्रिने बताए ।उनले अब पनि अरुको मुख ताकेर देश र जनताको भविष्य छोड्न नसक्ने बताए ।

अध्यक्ष यादवले दलित, जनजाति, महिला, मुस्लिमको सहभागिता हटाएर राजनीतिक स्थिरता सम्भव नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !