१२ मंसिर २०८१, बुधबार

खेलमा देखाइने अनुशासन राजनीतिमा पनि लागू गर्नुपर्छः महामन्त्री शर्मा

प्रकाशित मिति :  25 August, 2024 6:31 pm


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेलमा देखाइने अनुशासन राजनीतिमा पनि लागू गर्नुपर्ने बताएका छन् ।

आइतवार स्व.गायक जेबि टुहुरेको तेस्रो स्मृति दिवसको अवसरमा आयोजित फुटसलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विभिन्न राजनीतिक पार्टीमा आवद्ध व्यक्तिहरु आपसी द्वन्द्व, प्रतिष्पर्धा, प्रश्नमा, आपसी विमतिमा रहेपनि खेलकुद, गीत, संगीतको समयमा एकै ठाउँमा हुने भन्दै राजनीतिमा पनि विशेष अवस्थामा एक हुन सक्नुपर्ने बताएका हुन्। उनले खेलको नियमलाई राजनीतिमा पनि उतार्नसके सफल बन्ने बताए ।

“हामी विभिन्न राजनीतिक पार्टीमा आवद्ध व्यक्तिहरू आपसी द्वन्द्व, प्रतिष्पर्धा, प्रश्नमा, आपसी विमतिमा पनि हुन्छौँ । तर जब खेल र कलाको कुरा आउँछ, जब संगीतको कुरा आउँछ, हामी एउटै छातामुनि हुन्छाैँ । खेलको नियमलाई राजनीतिमा पनि उतार्न सक्नुपर्छ,” उनले भने ।

अभिनेता धिरेन शाक्यले आत्मियाता आदानप्रदानका लागि खेलेको बताउनु भयो । उहाँले दुवै तर्फबाट उत्कृष्ट टिम रहेकाले खेल उत्साहप्रद रहेको बताए ।

राजनीतिक दलका नेता र कलाकारहरुले स्व। जेबि टुहुरेलाई सो अवसरमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । जेबि टुहुरेको स्मृति दिवसको अवसरमा कलाकार र राजनीतिक दलका नेताहरुबीच फुटसल भएको हाे ।



प्रतिक्रिया दिनुहोस !