क्यालेण्डरअनुसार खेलकुदका गतिविधि भए राम्रा खेलाडी उत्पादन गर्न सकिन्छः मन्त्री चौधरी
प्रकाशित मिति : 25 August, 2024 6:33 pm
काठमाडाैँ ।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्थानीय तहले क्यालेण्डर प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने बताएका छन् ।
आइतवार मन्त्रालयमा काठमाडौँ उपत्यकाभित्रका नगरप्रमुखहरूसँगको छलफलका क्रममा उनले क्यालेण्डर बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्दा ग्रासरुटबाटै खोलाडीहरू उत्पादन गर्न सकिने बताएका हुन् । उनले विद्यालयहरूमा क्यालेण्डरअनुसार खेलकुद भए राम्रो खेलाडीहरु उत्पादन गर्न सकिने स्पष्ट पारे ।
उनले स्थानीय तहले नै खेलकुदका विभिन्न गतिविधिहरू सञ्चलन गरिरहेको तर संघ सरकारले स्थान र पुरस्कारको मात्रै व्यवस्थापन गर्नुपर्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छलफलपछि जानकारी मिलेको बताए ।
मन्त्री चौधरीले सरकारले ग्रासरुट र स्थानीय तहमा खेलकुदको विकास चाहेको बताए ।