८ मंसिर २०८१, शनिबार
किसान सूचीकरण

१९ लाखभन्दा बढी किसान विद्युतीय प्रणालीमा सूचीकृत, कुन प्रदेशमा कति ?

देशभर ४१ लाख ३० हजार कृषक घरधुरीमध्ये १९ लाख २४ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत
प्रकाशित मिति :  25 August, 2024 6:39 pm


cfn’ vGb} ls;fg bfª, @* h]7 M /f]Nkf df8L ufpFkflnsf–! l:yt lemg’jfsf ls;fg df3df /f]k]sf] cfn’ vGb} . cfn’ o; e]usf] d’Vo afnL xf] . rfnL; 3/w’/L /x]sf] o; ufpFsf :yfgLon] sl/a rf/ xhf/ SjLG6n cfn’ laqmL ug]{ u5{g . tl:a/ M s’nbLk Gof}kfg]÷/f;;

काठमाडौँ । देशभर १९ लाखभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर ४१ लाख ३० हजार कृषक घरधुरीमध्ये १९ लाख २४ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका हुन् ।

किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा,सुविधा र अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणाली मार्फत कृषक घरधुरी सूचीकृत भएको गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उपल्बध गराएको तंथ्याक अनुसार हालसम्म कोशी प्रदेशमा सबैभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । जहाँ ४ लाख १८ हजार ८६ किसान सूचीकृत भएका छन् । मधेश प्रदेशमा ३ लाख १६ हजार ९५०, बागमती प्रदेशमा २ लाख ९३ हजार, गण्डकी प्रदेशमा १ लाख ९४ हजार ६८४, लुम्बनी प्रदेशमा ३ लाख ३६ हजार ४२१ कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । त्यसैगरि कर्णाली प्रदेशमा १ लाख ८० हजार ६३७ र सुदुरपश्रिम प्रदेशमा २ लाख ३३३ किसान सूचिकृत भएका छन् ।

मन्त्रालयले असोज मसान्तसम्म किसान सूचिकरण २१ लाख पुर्याउने र आर्थिक वर्ष २०८१्८२ मा ३० लाख किसान सूचिकरणको लक्ष्य राखेको मन्त्रालयले जनाएको छ ।

सरकारले किसान सूचीकरणका लागि एउटा वेबसाइट निर्माण गरेको छ । उक्त वेबसाइटमा किसानको नाम, उसले गर्ने खेतीको क्षेत्र, किसानको संख्या, परिवारको सदस्य संख्या, उमेर, उत्पादन, वार्षिक आम्दानी तथा खर्च, बजारसँग पहुँच,कृषि व्यवसायी, फर्म, उद्यमीलगायतको विवरण संकलन गरेर राख्ने गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !