स्याङ्जाको वालिङबाट अवैध लागु औषधसहित दुई जना पक्राउ
काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाबाट अवैध लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ बस्ने ३४ वर्षीय सुवास गुरुङ र ३ बस्ने २२ वर्षीय दिनेश सिंह रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता उपरीक्षक इन्द्र बहादुर रानाले जनाकारी दिए ।
वालिङ नगरपालिका वडा नम्बर ८ केदारनाथ मन्दिरस्थित सिद्दार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु २ ख ५८४ नम्बरको बसमा सवार उनीहरूबाट अवैध लागुऔषध फेला परी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता उपरीक्षक रानाले बताए ।
प्रहरीले उनीहरूको साथबाट डाईजेपाम १९ एम्पुल, फेनरागन २० एम्पुल, नोर्फिम २१ एम्पुल गरि जम्मा ६० एम्पुल बरमाद गरेको जनाएको छन् ।
उनीहरूलाई नियन्त्रणामा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।