८ मंसिर २०८१, शनिबार

रेमिट्यान्सलाई उत्पादशील क्षेत्रमा लगानी गर्नुहोस्ः भौतिक पूर्वाधार विकास मन्त्री ढकाल

प्रकाशित मिति :  25 August, 2024 9:13 pm


देउखुरी । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले मेहनत गरेर कमाएको रकम उत्पादनका क्षेत्रमा खर्च गर्ने मानसिकता बनाउन अनुरोध गरेका छन् ।

सैनामैना सेवा समाज युएईले दुबईमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले रेमिट्यान्सको सदुपयोग गरेर समृद्ध नेपाल बनाउने अभियानमा साथ दिन अनुरोध गरेका हुन्।

दुबईमा रहेर विकासलाई नजिकबाट नियालिरहेका नेपालीरुले आफूले पठाएको रेमिट्यान्सलाई उत्पादन र विकासमा लगाउन आवश्यक रहेको धारणा राखेका छन्।

उनले भने, “हिजो हामीले पठाएको रेमिट्यान्सको हिजो केमा खर्च गरियो र भोलि केमा प्रयोग गर्ने भन्ने कुरा अहं विषय बनेको छ ।”

कतिपय खर्चिला र उत्पादनशील भन्दा बाहिरकाको क्षेत्रमा रेमिट्यान्स खर्चिएको चर्चा गर्दै ढकालले सरकारले रेमिट्यान्सलाई उत्पादनसँग जोड्ने कुरालाई प्राथमितामा राखेको बताए।

“राज्यको तर्फबाट सरकारको प्रतिनिधीको हैसियतले हार्दिक अनुरोध गर्दछु,” उनले भने, “पसिना बगाएर मेहनत गरेर कमाएको रकम उत्पादनका क्षेत्रमा खर्च गर्ने मानसिकता बनाउन अनुरोध गर्दछु ।”

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले श्रमसँग जोडिएर, भिषासँग जोडिएर र दूतावासमा जनशक्ति आवश्यक जस्तो विषयमा धेरै कुरा उठेको थियो ।

आफू प्रदेशको मन्त्री भएकाले यस विषयमा धेरै कुरा गर्न नमिल्ने भए पनि आफू लुम्बिनीको सैनामैनाको जनप्रतिधी तथा स्थानीयबासी पनि भएकाले यस विषयलाई गम्भीर रुपमा लिएको बताए ।

नेपाल सरकारले एनआरएनले नेपालमा लगानी भित्र्याउने विषयमा आवश्यक नीति बनाएकाले नेपालमा लगानीलाई प्राथमिता राख्न अनुरोध गरेका थिए।

मन्त्री ढकालले लुम्बिनी प्रदेशले बिदेशमा रहेका नेपालीहरुले गर्ने लगानीको संरक्षण र प्रवर्धन गर्ने बताए।



प्रतिक्रिया दिनुहोस !