८ मंसिर २०८१, शनिबार

सोमवार सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रकाशित मिति :  26 August, 2024 6:17 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिमा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

सोमवार बिहानीपख कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा सातै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

आगामी तीन दिनको मौसम सम्बन्धी जानकारीका लागि यहाँ क्लिक गर्नसक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !