गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोडेको छः पर्यटनमन्त्री पाण्डे
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोड्न आवश्यक रहेको बताएका छन् । सोमवार काठमाडौँको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै संस्कृति मन्त्री पाण्डेले गौरा पर्व विशिष्ट प्रकारको पर्व भएको बताएका हुन् ।
उनले गौरा पर्वले मर्याद,सद्भाव,आत्मियता र आत्मविश्वास बोकेको भएपनि त्यो कुरा व्यवहार र क्रियाकलापले देखाउन सक्नुपर्ने बताए । उनले पर्वहरू भनेका राष्ट्रका आन्तरिक पक्ष भएको भन्दै पर्व र संस्कृति जोगाउन आवश्यक रहेको बताए । उनले आस्था जागाउँदै विश्वासलाई अभिवृद्धि गरी विविधतापूर्ण संस्कृतिलाई मुलुकको साझा सम्पतिका रूपमा लिनुपर्ने बताए ।
उनले आगामी दिनमा देशलाई प्रकृति र संस्कृतिको विविधतापूर्णका रूपमा चिनाउन आवश्यक रहेको बताए । उनले संस्कृति र पर्वहरु जोगाइराख्न विशेष गरी मर्यादा,आत्मा अनुशासनको खाँचो रहेको बताए ।
उनले पर्वहरूका माध्यमबाट पहिचान र परिचयलाई काठमाडौँमा मात्रै नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि देखाउन आवश्यक रहेको बताए ।