प्रतिनिधि सभामा बाैल्दै प्रचण्डले भनेः वर्तमान सरकार माफियाहरूको सेवामा अग्रसर छ
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको आरोप लगाएका छन् ।
करिव दुई महिनाको सरकारको कार्यकालले आफूलाई सरकार अहंकारपूर्ण गलत बाटोमा अग्रसर भएको निष्कर्षमा पु¥याएको अध्यक्ष दाहालको भनाइ थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उनले सरकार माफियाहरुको सेवामा अग्रसर रहेको गम्भिर आरोप समेत लगाए।
सरकार जनताभन्दा स्वार्थ समूहरुको अझ माफियाहरूको सेवामा अग्रसर भएकाले आफूले त्यसको खबरदारीका लागि संसदमा सम्बोधन गर्नुपरेको पनि अध्यक्ष दाहालको जिकिर थियो ।
उनले भने, “अहिले नेपाली काँग्रेस र एमालेका साथीहरु आफू मात्रै मिल्नुभएको छैन । आफैलाई सिध्याउने भनिएका जातीय, क्षेत्रीय प्रकृतिका साना दलहरुलाई पनि कतै फकाएर, कतै तर्साएर सिध्याउने कोशिस गर्दैछन् ।”अध्यक्ष दाहालले साना दलहरूलाई सिध्याउने कोशिस गरिरहेको आरोप पनि लगाए ।