१४ मंसिर २०८१, शुक्रबार

परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबिच द्विपक्षीय वार्ता

प्रकाशित मिति :  27 August, 2024 3:34 pm


काठमाडाैँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र ओमानका विदेशमनत्री सइद बद्र हमाद हमुद अल बुसाइदीबिच द्विपक्षीय वार्ता भएको छ ।

परराष्ट्रमन्त्री राणाको निमन्त्रणामा सोमवार नेपाल आएका ओमानका विदेशमन्त्रीसँग दुई पक्षिय भेटवार्ता भएको हो । काठमाडौँको होटल सोल्टीमा भएको वार्तामा दुई देशबिच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जानकारी दिए ।

श्रमको विषयमा सम्झौताको तयारी भएको पनि जानकारी दिए । ओमान पक्षले पनि नेपाली श्रमिकहरू आवश्यकताका आधारमा लैजान इच्छुक रहेको र दुई देशबिच यसै वर्ष (२०२४) श्रम सम्झौता गरिने सहमति भएको पनि परराष्ट्रमन्त्रीले जानकारी दिए ।
परराष्ट्र मन्त्री डा। राणाले नेपालको पर्यटन क्षेत्रमा पनि ओमान सरकारले लगानी गर्न इच्छा देखाएको बताए।

वार्तामा आफूले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजार भन्दा अग्ला हिमालहरु एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुका कारण पनि नेपालमा लागनी गर्न उपयुक्त हुने बताएको जानकारी दिए ।

वार्तामा नेपाल तर्फबाट मन्त्री डा.राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदुत डोरनाथ अर्याल लगायतका अधिकारीहरु र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरू सहभागी रहेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !