१४ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदीय समितिको निर्देशनः भाषण होइन काम गर्नुस्

प्रकाशित मिति :  27 August, 2024 4:14 pm


काठमाडाैँ । संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरूलाई काममा बढी ध्यान दिन निर्देशन दिएको छ । मंगलवार विकास,आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो ।

समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरूले भाषण भन्दा पनि काम गरेको हेर्न चाहेकाले भोषण भन्दा पनि काम गर्न आग्रह गरे । उनले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरू कानून जस्तै भएकाले प्रधानमन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको बताए ।

उनले प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्न भन्दै काम गरेर देखाउने समय भएको बताए । उनले संसदीय समितिहरूकाे पनि कानून बनाउने तर कार्यान्वयन भए\नभएको निगरानी नगर्ने कमजोरी रहेको बताए ।

उनले सरकारले कृषिमा आधारित उद्योगहरू बढाउन आवश्यक रहेको भन्दै कृषि र उद्योग मन्त्रालयको समन्वय मार्फत लगानीको वातावरण बनाउन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !