सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प छैनः सभापति लामछिाने
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प नरहेको बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिलाई अहिले आम नागरिकहरूले चासोका साथ हेरेको पनि बताएका हुन् ।
उनले अब जे पनि चल्दैन भन्नेकुरा नेतृत्व तहलाई ज्ञात हुनुपर्ने बताए। हरेक ठाउँमा युवा पुस्ताहरुले हस्तक्षेप सुरू गरेको भन्दै आम नागरिकले पनि हस्तक्षेप गर्न सुरू गरे भन्ने संकेत देखिएको बताए ।
“आम नागरिकले चासोका साथ राजनीतिलाई हेरेका छन् । अब जे पनि चल्दैन भन्नेकुरा जुन शुरुवात भएको थियो, हरेक ठाउँमा हस्तक्षेप शुरु भएको छ । राजनीतिक रुपमा हामीले हस्तक्षेप गर्न आयौँ । अब आम नागरिकले पनि हस्तक्षेप गर्न शुरु गरे भन्ने संकेत दिएको छ । जनता जागिरहेका छन् । अब जनताले हरेक चिज हेरिरहेका छन्”, उनले भने ।