प्रचण्डले एक हिसावले राजनीतिबाट सन्यास लिनुभयोः प्रमुख सचेतक बर्तौला
काठमाडाैँ ।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिबाट सन्यास लिएको घोषणा गरेकाे टिप्पणी गरेका छन् ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसदमा अध्यक्ष दाहालले बोलेको कुरा नियाल्दा कुनैपनि नेताले आफ्नो योजना र रणनीतिअनुसार सरकारको नेतृत्व गर्ने लक्ष्य राख्नुपर्ने भएपनि दाहालले अब माओवादी केन्द्र र आफू कुनैपनि सत्ताको खेलमा नलाग्ने घोषणा गर्नु नै राजनीतिबाट पराजय स्वीकार गर्नु सरह रहेको उल्लेख गरे । उनले सत्ताको खेलमा कहिल्यै नलाग्ने उद्घोष गर्नु नै एकप्रकारको सन्यासको घोषणा रहेको बताए ।
उनले सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षको संसदीय दलको नेताको भुमिकाबारे प्रश्न कुण्ठा व्यक्त गर्नुभएको बताए ।
प्रमुख सचेतक बर्तौलाले पूर्वप्रधानमन्त्रीले आफ्नो जिम्मेवारी बिर्सिएर संसदमा कुण्ठा व्यक्त गरेकाे बताए ।