१२ मंसिर २०८१, बुधबार

गौरा पर्वको कार्यक्रममा बिरोध जनाउने युवाहरूलाई तत्काल रिहा गर्न सांसद ढकालको माग

प्रकाशित मिति :  28 August, 2024 4:03 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका युवाहरूलाई रिहा गर्न माग गरेका छन्।

बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले गौरा पर्वमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषण गरेका भन्दै युवाहरूलाई अराजक शैली भनेर पक्राउ गर्नु गलत भएको बताएका हुन् ।

उनले युवाहरूका बिरोधका बोली सरकारले सुन्नुपर्ने बताए । उनले स्वदेशमा अवसर र रोजगारीबाट वञ्चित युवाहरूले सिंहदरबार भित्रका बेइमानहरूलाई खबरदारी गरिएको भन्दै सो कारण समाउन नपाइने बताए ।

उनले विभिन्न जिल्लामा स्टाटस लेखेको भरमा युवाहरुलाई समातिएको भन्दै यस्तो रवैया नदेखाउन सरकारलाई चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस !