नेपालको स्वास्थ्य र विकासको क्षेत्रमा भारतले थप सहयोग गर्नेछः राजदुत श्रीवास्तव
काठमाडाैँ ।नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले स्वास्थ्य र विकासको क्षेत्रमा नेपाललाई भारतले थप सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
आइतवार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै उनले भारतले नेपालप्रतिको आत्मीयता र मित्रतालाई बढाउँदै स्वास्थ्य र विकासका क्षेत्रमा थप सहयोग गर्ने बताएका हुन् । उनले नेपाल नागरिकहरूको आश्वकयताअनुसारका स्वास्थ्य सामग्रीहरू प्रदान गर्ने काम भारतले गरिरहेको जिकिर गरे । उनले नेपाल र भारतको मित्रता सदैव कायम रही रहने पनि बताए ।
“भारत सरकार र भारतको नेपालप्रति जुन आत्मीयता र मित्रता छ, यो सदैव कायम रहनेछ । यस अन्तर्गत हामी नेपालसँग जति सक्छौँ, तपाईंहरूको जरुरतअनुसार पूरा गर्ने कोशिस गर्नेछौँ । स्वास्थ्य होस् वा विकासको क्षेत्रमा हामीले सकेको सहयोग गरिरहेका छौँ,” उनले भने ।
उनले भरतपुर अस्पतालले भारतसँग बसको व्यवस्था गरिदन आग्रह गरेको भन्दै यस वर्ष पूरा गर्ने प्रतिवद्धता जनाए ।