८ मंसिर २०८१, शनिबार

चार प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  29 August, 2024 7:01 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

बिहीवार बिहानीपख देशभर आंशिक देखि साधारणतया बदली रहेको छ छ भने गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रभावित क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !