१२ मंसिर २०८१, बुधबार

कृषि क्षेत्रलाई आधुनिकीकरण आवश्यकः सांसद बेलवासे

प्रकाशित मिति :  29 August, 2024 3:48 pm


काठमाडाैँ ।नेकपा (माओवादी केन्द्र) की राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताएकी छन् ।

बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि कृषि औजारहरूको उत्पादन बढाउनुपर्ने बताएकी हुन् । उनले औजारयुक्त कृषि बनाउन आवश्यक रहेको बताइन् । उनले बेरोजगारीको अन्त्य र उत्पादनको उत्पादकत्व बढाउने कामलाई अघि बढाउन सरकारसँग आग्रह गरिन् । उनले उत्पादनलाई बजारीकरण गर्ने,प्रशोधन गर्ने, औद्योगिकरणमा लैजानुपर्ने आवश्यकता औंल्याइन् ।

उनले भूउपयोग गरेर खोला, तटका जमिनलाई उत्पादनमा लगाउनुपर्ने बताइन् ।”कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि त्यस्ता औजारहरुको उत्पादन गरोस् । कृषिलाई आधुनिकीकरण गरियोस् र औजारयुक्त कृषि बनाइयोस् । नेपालकै फलाम खानीलाई उपयोग गरियोस् । नेपालकै वैज्ञानिकहरूलाई काम दिइयोस् । बेरोजगारीको अन्त्य र उत्पादनको उत्पादकत्व बढाउने कामलाई अघि बढाइयोस् । उत्पादनलाई बजारीकरण गर्ने,प्रशोधन गर्ने, औद्योगिकरणमा लैजानुपर्छ । कृषि, पशुपालन, वनलाई प्रयोग गर्नसक्छौँ । भूउपयोग गरेर खोला, तटका जमिनलाई उत्पादनमा लगाउनु पर्छ,” उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस !