१२ मंसिर २०८१, बुधबार

राष्ट्रपतिले गरे टिआरसी विधेयक प्रमाणीकरण

प्रकाशित मिति :  29 August, 2024 4:30 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक) २०८१ प्रमाणीकरण गरेका छन्।

संसदको दुवै सदनबाट पारित भइ शीतल निवास पुगेको सो विधेयक बिहीबार प्रमाणीकरण भएको हो।

साउन ३० गते प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयक राष्ट्रिय सभाबाट भदौ ६ मा पारित भएको थियो।



प्रतिक्रिया दिनुहोस !