१२ मंसिर २०८१, बुधबार

रवि लामिछानेलाई गगन थापाले भने:बयान दिएको हो, सफाइ पाएको होइन फैसला कुरौँ

प्रकाशित मिति :  29 August, 2024 4:33 pm


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएको बताएका हुन् । उनले आफूहरूसँग भएको प्रमाण छानविन समितिलाई दिएको र सोही प्रमाणका आधारमा लामिछानेमाथि बयान लिइएको बताए।

उनले नौ मिनेटमा सबै बताउँछु भनेर लामिछानेले भन्ने गरेको भन्दै ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था प्रमाणकै कारण आएको बताए । उनले लामिछानेलाई सफाइ पाएको नभइ बयान दिएको कुरा स्मरण गर्न आग्रह गरे ।

महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि संसदमा बोल्दै नेपाल बंगलादेश हुनसक्छ भन्ने अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पूर्वप्रधानमन्त्रीको तहबाट त्यो अभिव्यक्ति आउनु गलत भएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !