१६ कार्तिक २०८१, शुक्रबार

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  30 August, 2024 7:15 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

शुक्रवार बिहानीपख देशभर आंशिक देखि साधारणतया बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रवार बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !