१२ मंसिर २०८१, बुधबार

लागुपदार्थ दुर्व्यसनी बिरुद्धको अभियानलाई प्रभावकारी बनाऔँः अध्यक्ष नेपाल

प्रकाशित मिति :  30 August, 2024 11:38 am


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागुपदार्थ दुर्व्यसनी बिरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापार गर्नेहरूको सञ्जाललाई समाप्त बनाउनुपर्ने बताएका हुन् । उनले सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताए।

उनले भने,”दुव्र्यसनी बिरुद्धको अभियान जुन छ, यो अझै प्रभावकारी रूपमा अघि बढाउनुपर्छ । लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापारजन्यहरुको सञ्जाल देखिएको छ । यसलाई कुनै रुपमा समाप्त पार्नुपर्छ । नसकिने कुरा केही पनि छैन । यो सानो देश हो, तीन करोड जनसंख्या छ । यदी प्रत्येक व्यक्तिहरु आफ्नो ठाउँमा इमान्दार भए भने बद्मासलाई तह लगाउन सकिन्छ । तिनीहरुलाई थुनामा राख्न सकिन्छ । जेल कोच्न सकिन्छ । जनताको बिचमा नांगेझार पार्न सकिन्छ ।”

अध्यक्ष नेपालले कुनै चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिने बताए ।



प्रतिक्रिया दिनुहोस !