१२ मंसिर २०८१, बुधबार

संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देउवाले भनेः अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछ

प्रकाशित मिति :  30 August, 2024 6:58 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गरकाे छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्याय सम्बन्धी कानून संसदबाट सर्वसम्मत पारित भइ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति खुशी व्यक्त गरेका हुन्। उनले अब पुरानो द्वन्द्व, काटमारको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै नेपाल महत्वपूर्ण दिशामा विकास र अन्य काममा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

“अहिले एउटा महत्वपूर्ण कुरा के छ भने टिआरसी भनेर हामीले संसदबाट सर्वसम्मतिले पास गरेका छाँै । राष्ट्रपतिज्युबाट पनि प्रमाणीकरण भइसकेको छ । अब पुरानो द्वन्द्व, काटमार जुन थियो, त्यो कुराहरुको अन्त्य हुनेछ भन्ने मलाई विश्वास छ । त्यसले गर्दा अबका दिनमा यस्ता कुराहरु हुने छैनन् । नेपालले अत्यन्तै महत्वपूर्ण दिशामा विकास र अरु काममा अगाडि बढ्नेछ भन्ने मलाई विश्वास छ,”उनले भने ।



प्रतिक्रिया दिनुहोस !