८ मंसिर २०८१, शनिबार

शनिवार पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना, कोशी र बागमतीमा धेरै भारी वर्षा हुन सक्ने

प्रकाशित मिति :  31 August, 2024 7:47 am


काठमाडौँ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुुख्तया सफा रहेको छ भने कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिवार कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !