९ मंसिर २०८१, आइतबार

लुम्बिनी सरकारको आग्रह : सरकारले वातावरण निर्माण गर्छ,ढुक्क भएर लगानी गर्नुहोस्

प्रकाशित मिति :  31 August, 2024 8:42 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि सरकारले लगानीको वातावरण निर्माण गर्ने बताएका छन् ।

एनआरएन एनसीसी अमिरिकाले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको विकासको आधार, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र रहेको बताउदै स्वदेशी तथा विदेशी दातृ निकायहरूलाइ ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

“सरकारले लगानीको वातावरण बनाउछ । यहाँहरूले ढुक्क भएर कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ लगायतका क्षेत्रको विकासको लागि लगानी गर्न सक्नुहुन्छ,”उनले भने,“लुम्बिनी प्रदेश पर्यटनको दृष्टिकोणले उर्वर र महत्त्वपूर्ण छ । लुम्बिनी सर्किट संगै यहाँको हिमाल, पहाड, तराई अनि राष्ट्रिय निकुञ्जले पर्यटकहरुलाइ आकर्षित गर्दछ । यहाँको समग्र प्रचारप्रसारको लागि कार्यक्रम बनाउछौं ।”

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न संघीय सरकारसँग पहल गरिएको र त्यसको नतिजा केही दिन भित्र प्राप्त हुने मुख्यमन्त्री आचार्यको भनाई छ ।

“संघीय सरकारसँग लुम्बिनीको विमानस्थलबाट उडान सुरु गर्नेबारेमा सकारात्मक पहल भएको छ । विदशबाट आउने पर्यटकलाइ लुम्बिनीमा मात्रै समिती नगरी प्रदेशका सबै जिल्लामा पु¥याउन सकिन्छ,” उनले भने,“पर्यटनलाई हरेक क्षेत्र संग जोड्न सकिन्छ । यसमा सरकारले ध्यान दिन्छ ।”

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रदेशका धार्मिक, सांस्कृतिक तथा ऐतिहाँसिक स्थलहरुको भरपुर मात्रामा प्रचारप्रसार हुन नसकेको, वर्तमान सरकारले प्रचारप्रसारको मोडेलमा परिवर्तन गरेर विश्व सामु पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने,“लुम्बिनीका पर्यटकीय गन्तव्य स्थलको प्रचारप्रसारको कमि छ । विश्व बजारमा यसको प्रचारप्रसारलाई व्यापक बनाउन जरुरी छ । ” लुम्बिनीको समग्र पर्यटकीय सर्किटलाई पर्यटक माझ पु¥याउने वारेमा सरकारले योजना बनाउने उनको भनाइ थियो । देवदह नगरपालिकाका प्रमुख ध्रुबप्रसाद खरेलले लुम्बिनी सर्किटलाई विश्व बजारमा प्रचारप्रसार गर्न नसकिएको बताए । उनले भने,“देवदह सांस्कृतिक र सम्पदाको हिसाबले महत्त्वपूर्ण हो तर यसलाई विश्व बजारमा चिनाउन सकेका छैनौं । सांस्कृतिक र ऐतिहाँसिक रुपमा महŒवपूर्ण छ । नेपाल सरकारले ध्यान दिएन ।”



प्रतिक्रिया दिनुहोस !