१६ कार्तिक २०८१, शुक्रबार
गुँला पर्वको रौनक

नेवार समुदायमा गुँला पर्वको रौनक (फोटो फिचर)

प्रकाशित मिति :  31 August, 2024 1:21 pm


काठमाडाैँ । नेवार समुदायले मनाउने एक महिने गुँला पर्वको रौनक अझै सकएिको छैन । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।

पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ । राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ । यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ । आजको फोटा फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरु । 



प्रतिक्रिया दिनुहोस !