७ मंसिर २०८१, शुक्रबार

पुस्तकालय ऐन आवश्यक भइसक्योः शिक्षामन्त्री भट्टराई

प्रकाशित मिति :  31 August, 2024 1:27 pm



काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तकालय ऐन आवश्यक भइसकेको बताएकी छन् ।

शनिवार काठमाडौँमा सत्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुस्तकालयलाई व्यवस्थित गर्न,राज्य र पुस्तकालय बिचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक भएको बताएकी हुन्। उनले सरकारले अहिले पुस्तक नीति प्रारम्भिक मस्यौदा तयार पारिसकेको र त्यसलाई व्यवस्थित बनाउन अझै केही छलफल आवश्यक रहेको बताइन् ।

उनले पुस्तकालय सम्बन्धी नीति, केही ऐन कानून र केही व्यवहारिक कुराहरू गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । उनले नयाँ किसिमको पुस्तकालयको अवधारणामा सरकारले काम गरिरहेको पनि बताइन्

मन्त्री भट्टराईले पुस्तकालयमा लगाइएको लगानीको व्यवस्थित सदुपयोग गर्नका लागि पनि नीति नियमको आवश्यकता रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !