१२ मंसिर २०८१, बुधबार

स्याङ्जामा बिरामी बोकेको एम्बुलेन्समा आगलागी

प्रकाशित मिति :  31 August, 2024 11:47 pm


काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ११ करेनडाँडामा एम्बुलेन्स आगलागी भएको छ ।

सिद्धार्थ राजमार्गमा वालिङबाट पोखरातर्फ बिरामी लिई हिडेको एम्बुलेन्समा अचानक तार सर्ट भई शुक्रबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

रानाका अनुसार गह्रौँ प्राथमिक अस्पताल वालिङको ग १ झ २७८ नम्बरको एम्बुलेन्स आगलागीबाट पूर्ण रूपमा क्षति भएको छ ।

एम्बुलेन्समा आगलागी भए पनि मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !