पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना, बागमती र कोशीमा धेरै भारी वर्षा हुन सक्ने
प्रकाशित मिति : 1 September, 2024 6:56 am
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
आइतवार बिहानीपख कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतवार कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि रहेको विभागको बुलेटिनमा उल्लखे छ ।