३१ भाद्र २०८१, सोमबार

अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको तयारी तीव्र

प्रकाशित मिति :  1 September, 2024 2:43 pm


काठमाडाैँ । कात्तिक २२ गतेदेखि दुबईमा हुने अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीले तयारी तीव्र बनाएको छ ।

बेसबल युनाइटेडको आयोजनामा आउँदो कात्तिक २२ गतेदेखि २५ गतेसम्म (नोभेम्बर ७ देखि १० तारिखसम्म) दुबईमा हुने अन्तर्राष्ट्रिय स्तरको बेसबल प्रतियोगिताको लागि तयारी तीव्र पारिएको हो ।

चार दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, साउदी अरब, पाकिस्तान, युएई, अफगानिस्तान लगायतका मुलुकले सहभागीता जनाउनेछन् ।

उक्त प्रतियोगिता नेपालको बसेबल खेललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचत गराउन कोशेढुङ्गा सावित हुने भएकाले विभिन्न जिल्ला र प्रदेशबाट छनौट भएका खेलाडीलाई क्लोज क्यापमा राखि डेढ महिनादेखि प्रशिक्षण दिइएको राष्ट्रिय टोलीका प्रशिक्षक रोशन थापाले बताए । उनले दुबईमा हुने प्रतियोगिता लगत्तै वेस्ट एशिया बेसबल कप पनि ओयोजना हुन लागेको जानकारी गराउँदै उक्त प्रतियोगितालाई पनि ध्यानमा राखी प्रशिक्षण भइरहेको बताए ।

यता नेपाल बेसबल तथा सफ्टबल संघको अध्यक्षमा दीपक न्यौपानेले पनि दुवै प्रतियोगितालाई ध्यानमा राखि क्लोज क्यापमार्फत प्रशिक्षणलाई तिब्रता दिइएको जानकारी दिए । उनले नेपालमा बसेबल खेलको पनि प्रचुर सम्भावना रहेको भन्दै संघले तयार पारेको कार्ययोजनामा राज्य, निजी क्षेत्र लगायत सम्बन्धीत सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले सबैको सहयोग भएको खण्डमा बेसबल खेलले पनि राष्ट्रका लागि पदक दिलाउन सक्ने सम्भावना रहेको भन्दै बेसबल खेलमा लगानी गर्न राज्यपक्ष, निजी क्षेत्र लगायत सबै पक्षसँग आह्वान पनि गरे ।

वेस्ट एशिया बेसबल कपलाई पश्चिम एशियाली बेसबल खेलाडीहरुले बेसबल खेलको कुम्भ मेलाको रुपमा लिने गरेका छन् । वेस्ट एशिया बेसबल कपको विजेता र उपविजेताले एशियाली बेसबल च्याम्पियनसिपमा सहभागीता जनाउन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !