१२ मंसिर २०८१, बुधबार

नारायणी रंगशालाको पुनः निर्माण पहिलो प्राथमिकता छः मन्त्री चौधरी

प्रकाशित मिति :  1 September, 2024 3:30 pm


काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वीरगञ्जको नारायणी रंगशालाको पुनः निर्माण पहिलो प्राथमिकता राखेर काम अगाडि बढाउने बताएका छन् । मन्त्री चौधरीसहित मधेस प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगञ्जको नारायणी रंगशालाको निरीक्षण गरेको हो ।

वीरगञ्जको धरोहरको रूपमा रहेको नारायणी रंगशालाको अवस्था जिर्ण रहेको भन्दै मन्त्री चौधरीले खेलकुद संरचनाको अवलोकन तथा निरीक्षणका गर्दै रंगशाला पुनः निमार्ण पहिलो प्राथमिकता साथ काम अगाडि बढाउने बताए ।

रंगशालाको स्तरोन्नति गर्नको लागि कतार सरकार तयार रहेकोले रंगशालाको पुनः निमार्ण द्रुत गतिमा अघि बढाउने मन्त्री चौधरीले प्रतिवद्धता जनाए । मन्त्री चौधरीले नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य आयोजना गर्न अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले अनुगमनको क्रममा पुननिमार्णको काम अघि बढेको पाइएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य गरी आयोजना अघि बढाउने बताए ।

उनले केही समयभित्रै खेलकुदमा परिवर्तन भएको खेलाडीले अनुभव गर्न पाउने बताए । मधेश प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवालले जिर्ण अवस्थामा रहेको रंगशालागाई व्यवस्थित बनाउन संघीय सरकारसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए । नारायणी रंगशाला जिर्ण हुदाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता हुन नसकेको मन्त्री जयसवाले बताए ।

रंगशाला पुनःनिर्माण भएपछि मधेस प्रदेशको समृद्धि र विकासका लागि खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्न सकिने जानकारी दिए । अनुगमनको क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजरा र खेलाडीहरूको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !