१३ मंसिर २०८१, बिहिबार

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

प्रकाशित मिति :  2 September, 2024 8:00 am


काठमाडौँ । आज कुशे औंशी पितृकार्यमा प्रयोग हुने कुश घरघरमा भित्र्याएर मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग हुने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँने गर्दछन् ।

आजको दिन बुवाको मुख हेर्ने दिनका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन काठमाडौंको गोकर्णमा दिवंगत भएका पितृका नाममा पितृ तर्पण दिने, सिदादान गर्ने गरिन्छ।

आजका दिन गोकर्णमा श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ । श्राद्ध नगर्नेहरूले पनि आजका दिनमा गोकर्णमा गएर पितृ तर्पण दिने, सिदादान गर्नेछन्। गोकर्णेश्वर क्षेत्र आज विशेष मेला समेत लाग्दछ ।

हिन्दु परम्परामा कुशे औसीको दिनमा बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने चलन रही आएको छ ।



प्रतिक्रिया दिनुहोस !